साफ यू–२० च्याम्पियनसिप: भुटानसँग खेल्दै नेपाल
काठमाडाैं | माघ २२, २०७९
काठमाडौँ: साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज आइतबार भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र भुटानबीचको खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
आजको खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।
यता पहिलो खेलमा भारतसँग फराकिलो गोल अन्तरले पराजित भएको भुटान पनि पहिलो जित निकाल्ने योजनमा छ ।भुटान पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

